रसुवामा आएको विनाशकारी बाढीमा परी उपचारका लागि ल्याइएका एक युवाको मृत्यु भएको छ।
रसुवा घर भएका २५ वर्षीय युवाको उपचारका क्रममा मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए।
प्रवक्ता डा. सेढाईंका अनुसार बाढीमा परी घाइते भएका ३१ जनालाई अस्पताल ल्याइएको थियो। तीमध्ये २६ जनाको उपचार भइरहेको छ भने ६ जनालाई आइसियूमा राखिएको छ।
केही व्यक्ति उपचारपछि डिस्चार्ज भइसकेका छन्।
अझै ६ जना घाइते उपचारका लागि शिक्षण अस्पताल आउन सक्ने सूचना प्राप्त भएको उनले बताए।