भोटेकोशी-त्रिशूली नदीमा भदौ १० मा आएको बाढीमा परेर अहिलेसम्म २७० जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका अनुसार यो तथ्यांक आज दिउँसो साढे १ बजेसम्मको हो।
रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२, नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलमा ४ हजार ५० प्रहरी परिचालन गरिएको छ।