चीनको तिब्बत हुँदै भोटेकोशी-त्रिशूलीमा आएको बाढीले सबैभन्दा बढी क्षति पुर्याएको मध्येमा पर्छ नुवाकोटको त्रिशूली बजार।
तटीय क्षेत्रको वारपार समेटेर आएको बाढीले त्रिशूली बजारमा घरसँगै पुल, विद्यालय र सडकमा ठूलो क्षति गरेको छ।
माथिबाट बाढी आउन समय लाग्ने र पूर्वसूचना प्राप्त भएका कारण यहाँ मानवीय क्षति भने हुन पाएन।
त्रिशूली सुस्ताएपछि यसको क्षति अझै भयावह देखिएको छ।
तटीय क्षेत्रका अधिकांश घरहरुमा क्षति पुगेको छ। केही घर आधा भन्दा बढी भाग गेग्रानले डुबेको छ।
केही घरहरू क्षतिग्रस्त अवस्थामा उभिएका छन्। मुख्य सडक र गोरेटाहरू मेटिएका छन्।
त्रिशूली बजारबाट काठमाडौं आउने राजमार्गमा रहेका नयाँ र पुरानो गरी दुवै पुल बाढीले भत्काइदिएको थियो।
यसले नदीपारि रहेका मानिस पारि नै अड्किएका छन्। बजारमै रहेको यस क्षेत्रको मुख्य स्कुल त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका भौतिक संरचना क्षति पुगेको छ।
त्यस्तै, बजारमै रहेको २१ मेगावाटको त्रिशूली जलविद्युत आयोजनाको बाँध र अन्य संरचना पनि बाढीले ठूलो क्षति पुर्याएको छ।
हेर्नुस् क्षतिग्रस्त त्रिशूली बजार —
-ink-1787819289.jpeg)
-ink-1787819288.jpeg)
-ink-1787819288.jpeg)
-ink-1787819287.jpeg)
-ink-1787819287.jpeg)
-ink-1787819287.jpeg)
-ink-1787819287.jpeg)
-ink-1787819286.jpeg)