रसुवासहित बाढी प्रभावित क्षेत्रबाट सुरक्षा निकायले ८०० भन्दा बढीको उद्धार गरेको छ।
बिहीबार बिहानदेखि अपराह्नसम्म ८०० भन्दा बढीको उद्धार भएको नेपाली सेनाले जनाएको छ।
६०२ जनाको हवाइमाध्यमबाट उद्धार भएको छ। त्यसमध्ये ५० जना विदेशी नागरिक समेत छन्।
त्यसैगरी २०० जनाको जमिनी उद्धार समेत गरेको छ।
वीरेन्द्र अस्पतालबाट खटिएको डाक्टर अधिकृत सहितको मेडिकल टिमबाट त्रिशूलीमा स्थापना गरिएको आपतकालीन उपचार केन्द्रमा ३३८ जना घाइतेहरूलाई उपचार प्रदान गरिएको छ।
खोज तथा उद्धारलाई सहजता प्रदान गर्न ड्रोन र सैनिक डगको समेत प्रयोग गरी ४ हजार २ सयभन्दा बढी नेपाली सेनाको फौजले समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य गरिरहेको छ।
साथै, धादिङस्थित पृथ्वी राजमार्गमा जमेको लेदो सफा गरी सडक सुरू गर्ने कार्यमा समेत खटिएको छ।