भोटेकोशी-त्रिशूली बाढीमा परेर अहिलेसम्म ३५९ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका अनुसार आज अपराह्न ५ बजेसम्मको तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ३५९ पुगेको हो।
रसुवामा १७, धादिङमा ३३, गोरखामा ३०, नवलपरासी पूर्वमा ८२, नुवाकोटमा २८, चितवनमा १३२, तनहुँमा २२, नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।