भोटेकोशी/ त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी कैलालीका ४० जना व्यक्ति सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार बिहीबार दिउँसो सम्मको विवरण अुनसार १ जना महिला सहित ३९ जना पुरूष विनाशकारी बाढीमा परी हालसम्म ४० जना सम्पर्कविहीन छन्।
हालसम्म कैलालीका धनगढी उपमहानगरपालिका–१२ ए गाउँ घर भई मैलुङ खोला हाइड्रो पावरमा कार्यरत कर्मचारी ३२ वर्षीय शिवशंकर जोशी, बर्दगोरिया गाउँपालिका – ६ घर भई मैलुङ खोला हाइड्रो पावरमा कार्यरत कर्मचारी २८ वर्षीय विजय चौधरी, धनगढी – ५ हसनपुर घर भई लघु वित्तीय संस्था रसुवामा कार्यरत कर्मचारी २४ वर्षीया पुष्पा शाही, बर्दगोरिया – ५ घर भई मैलुङ खोला हाइड्रो पावरमा कार्यरत कर्मचारी २४ वर्षीय भुवन वाग्ले सम्पर्कविहीन छन्।
त्यस्तै, टीकापुर नगरपालिका–१ समितिपुर घर भई चाइनिज कम्पनी रसुवामा काम गर्ने वीरबहादुर चौधरी, समितिपुर घर भई चाइनिज कम्पनी रसुवामा काम गर्ने तुलाराम चौधरी, समितिपुर घर भई चाइनिज कम्पनी रसुवामा काम गर्ने धनिराम चौधरी, समितिपुर घर भई चाइनिज कम्पनी रसुवामा काम गर्ने मनिराम चौधरी, समितिपुर घर भई चाइनिज कम्पनी रसुवामा काम गर्ने बादल चौधरी, समितिपुर घर भई चाइनिज कम्पनी रसुवामा काम गर्ने राजेश चौधरी, समितिपुर घर भई चाइनिज कम्पनी रसुवामा काम गर्ने जुगराम (शिवनारायण) चौधरी र समितिपुर घर भई चाइनिज कम्पनी रसुवामा काम गर्ने दोर्जे चौधरी पनि सम्पर्कविहीन रहेका छन्।
त्यस्तै, टीकापुर –१ विपदपुर घर भई चाइनिज कम्पनी रसुवामा काम गर्ने साधुराम चौधरी, टीकापुर –७ डाँडाबोझी घर भई धादिङमा काम गर्न गएका २९ वर्षीय अर्जुन चौधरी, टीकापुर–५ मनिकापुर घर भई रसुवा हाइड्रोपावरमा काम गर्ने ४३ वर्षीय कमल चौधरी, सोही ठाउँ घर भई सोही कम्पनीमा काम गर्ने, ६० वर्षीय डंगराम चौधरी, ६३ वर्षीय सुन्की थारू, ५० वर्षीय चन्द्रबहादुर थारू र ६० वर्षीय धनुवा थारू पनि सम्पर्कविहीन छन्।
त्यस्तै, जिल्लाकै गौरीगंगा नगरपालिका–४ राजिपुर घर भई लामटाङ हाइड्रोपावर रसुवाको सुरङभित्र काम गर्ने (ऐजेक्सको अपरेटर) २७ वर्षीय रवि बोहरा, दार्चुला जिल्लाको दुहु गाउँपलिलका – ५ पुर्खेउली घर भई पछिल्लो समय कैलाली बस्ने मैलुङ हाइड्रो पावरमा कार्यरत नेपाली सेनाका २९ वर्षीय विकाश ठकुरी, टीकापुर– ७ घर भई सुन्धरादेवी कन्ष्ट्रक्सन प्रालि नुवाकोटमा कार्यरत २९ वर्षीय अर्जुन थारु, टीकापुर – १ समितिपुर घर भई रसुवा हाइड्रोपावरमा कार्यरत ३२ वर्षीय भुवन (डोजर) चौधरी, टीकापुर– १ भूपू बस्ती घर भई सोही ठाउँमा कार्यरतहरू ३३ वर्षीय बिफु चौधरी, ३४ वर्षीय मानबहादुर चौधरी, २६ वर्षीय प्रजित डंगौरा थारू पनि सम्पर्कविहीन छन्।
त्यस्तै, टीकापुर – १ एकतापुर घर भएका सोही ठाउँमा कार्यरत ४२ वर्षीय बिपदराम चौधरी, ३७ वर्षीय राजकुमार थारु, टीकापुर – १ भूपू बस्ती घर भई सोही ठाउँमा काम गर्ने ३६ वर्षीय दिपक चौधरी, जानकी गाउँपालिका– ४ बेलपुरका ३० वर्षीय राजकुमार चौधरी, टीकापुर–१ एकतापुरका ३६ वर्षीय आशिष चौधरी, टीकापुर – १ समितिपुर घर भई सोही ठाउँमा कार्यरतहरू ४१ वर्षीय अन्तराम चौधरी, २७ वर्षीय दिपक चौधरी, २८ वर्षीय दिलबहादुर चौधरी पनि सम्पर्कविहीन छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार गौरीगंगा गाउँपालिका–४ राजीपुरका घर भई रसुवा लाङटाङ हाइड्रोपावरमा कार्यरत २० वर्षीय रोनिक वली, टीकापुर – १ एकतापुर घर भई रसुवा हाइड्रोपावरमा कार्यरत २७ वर्षीय सञ्जय चौधरी, जानकी गाउँपालिका– १ तोरैयापुर घर भई सोही ठाउँमा कार्यरत ३१ वर्षीय दिलिपकुमार चौधरी, जानकी – ६ धर्मपुर घर भई रसुवा घर निर्माणमा काम गर्ने २९ वर्षीय श्याम चौधरी, कैलारी गाउँपालिका – ३ बड्कामुडा घर भई नुवाकोट माइलुङ हाइड्रो पावरमा काम गर्ने ३४ वर्षीय विश्वराज चौधरी र कैलारी – ६ सुर्मी घर भई नुवाकोट माइलुङ हाइड्रो पावरमा काम गर्ने २३ वर्षीय रोयल चौधरी पनि सम्पर्कविहीन रहेको कैलाली प्रहरीले जानकारी दिएको छ।