कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि तत्काल राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम विपद् व्यवस्थापन र राहत कार्यका लागि पठाउने निर्णय गरेको हो।
बैठकपछि आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले प्रदेश सरकार आफ्नो तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जानकारी दिए।
यस्तै, मन्त्रिपरिषद् बैठकले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।