रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुगेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहान ७ बजेसम्मको विवरण अनुसार ४६९ जनाको शव फेला परेको हो।
रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीबार रातिसम्मको विवरणले ९७७ जना सम्पर्कविहीन रहेको भनेको छ।
नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरीका १३ जना, अध्यागमन कार्यालयका ४ जना, रसुवाका १६१ जना, नुवाकोटाका १ जना, मकवानपुरका ६६ जना, मकवानपुरका ६६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले ५१७ जना विदेशी नागरिक पनि सम्पर्कमा नरहेको जनाएको छ। नेपाल घुम्न आएका १२७ जना विदेशी नागरिक पनि सम्पर्कविहीन छन्।
बाढीमा परी हालसम्म ७३ जना घाइते रहेको प्राधिकरणले जनाएको छ। जसमध्ये रसुवामा ४३ जना, धादिङमा ३ जना र नुवाकोटमा २७ जना घाइते छन्।
उद्धारका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भएको पनि प्राधिकरणले जनाएको छ।
नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना परिचालन गरिएको छ।
शुक्रबार पनि बिहानैदेखि उद्धार कार्य सुरू भएको छ।