माथिल्लो त्रिशूली जलविद्युत आयोजनाको सुरूङमा फसेका मजदुर र स्थानीयहरुको उद्धार कार्य सुरू भएको छ।
नेपाली सेनाले शुक्रबार बिहानदेखि उनीहरूको उद्धार सुरू गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बिहान साढे १० बजेसम्म २ जनालाई सुरूङबाट उद्धार गरिसकिएको छ।
सुरुङभित्र अझै कति मानिसहरू फसेका छन् भन्ने विषयमा खोजी जारी छ र उनीहरूको उद्धार कार्यको प्रयास पनि भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सुरूङमा अप्ठ्यारो स्थितिमा पनि सेनाले प्राविधिक उपकरण र विशेष तालिमप्राप्त टोली परिचालन गरी बाँकी रहेका मानिसहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बिहीबारसम्म सुरूङभित्र फसेका ३५० जनाको उद्धार गरिएको थियो।
सुरूङभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको सेनाले उद्धार गरेको छ।