रसुवा बाढीमा परेका ६१६ जनाको शव फेला परेको छ।
शनिबार बिहान ७ बजेसम्म ६१६ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
तीमध्ये रसुवामा १४ जना, नुवाकोटमा ४१ जना, धादिङमा ४५ जना, चितवनमा २३३ जना, गोरखामा ४८ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १५८ जना र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको हो।
अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको पनि कार्यालयले जनाएको छ।
रसुवामा ६०७ जना, नुवाकोटमा १६२२ जना, धादिङमा ३ जनाको उद्धार भएको हो।