रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण कुल २,४२६ जना व्यक्ति सम्पर्कविहीन भएका छन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १३ गते बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै खोजी तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ।
प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेहरूमा सर्वसाधारणका साथै जलविद्युत् आयोजनाका श्रमिक, सुरक्षाकर्मी र विदेशी नागरिक समेत छन्।
सम्पर्कविहीन भएकाहरूको विवरण —
जलविद्युत आयोजनाहरूबाट: ९३३ जना
विदेशी नागरिक: ५१७ जना
गैरआवासीय/विदेशमा बस्ने नेपाली नागरिक: १२७ जना
जिल्लागत: रसुवाबाट ५६२ जना, नुवाकोटबाट ११५ जना र मकवानपुरबाट ६५ जना
सुरक्षाकर्मीहरू: नेपाल प्रहरीका २७ जना, नेपाली सेनाका ४५ जना र सशस्त्र प्रहरी बलका १३ जना
अन्य निकाय: भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना
बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ भने १०१ जना घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। उद्धारका लागि १५,२२४ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।