भोटेकोशी-त्रिशूली बाढीमा फसेका ४४ विदेशी नागरिकको शनिबार उद्धार भएको छ।
नेपाली सेनाले शनिबार उनीहरूलाई हवाई उद्धार गरेको हो। दिउँसो साढे १२ बजेसम्म ४ जना चिनियाँ र ३ जना भारतीय नागरिकसहित ४४ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
सेनाले त्रिशूली-३ जलविद्युत आयोजनाको सुरूङमा फसेकाहरूको उद्धारका लागि सुरूङको बाहिरी भाग पत्ता लगाउने प्रयास पनि भइरहेको सेनाले जनाएको छ।
साथै प्रभावित जिल्लाहरूमा नेपाली सेनाको ७ हजार बढी सैनिकहरू परिचालन भएको सेनाले जनाएको छ।