रसुवाको बाढीमा परी त्रिशूली हुँदै चितवनको नारायणी नदी किनारमा भेटिएका शवहरू स्थानीय प्रशासनले आज गाड्ने तयारी गरेको छ।
बुधबारदेखि बाढीमा बगेका शवहरू शनिबारसम्म पहिचान हुन नसकेपछि गाड्न लागेको हो।
चितवनमा भेटिएका २३३ शवमध्ये शनिबार दिउँसोसम्म ६ जनाको पहिचान भएको छ। बाँकी शवहरू प्रशासनले बैठक बसेरै निर्णय गरी गाड्न लागेको हो।
शव भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकमा रहेको जंगल क्षेत्रमा गाडिने छ।
त्यहाँ सुरक्षाकर्मीको उपस्थितीमा दुइटा डोजर प्रयोग गरी जंगलको बीच भागमा खाल्डो बनाइएको छ।
खाल्डोमा शवहरूलाई लस्करै राखेर गाडिने चितवनका एसपी रामेश्वर पौडेलले बताएका छन्।
गाड्नुअघि सबै शवहरुको डिएनए नमुना लिइएको थियो। सो आधारमा शव चिन्ने संकेत राखिने छ।
कुनै व्यक्तिको डिएनएन परीक्षणपछि शवको डिएनए मिलेको खण्डमा शव सो परिवारको जिम्मा लगाइने बताइएको छ।
शवको सुरक्षाका लागि वरपर तारबार लगाइने पनि चितवन प्रहरीले जनाएको छ।
हेर्नुस् शव गाडिएको स्थल—
-1788000732.jpeg)
-1788000732.jpeg)
-1788000732.jpeg)
-1788000731.jpeg)
-1788000732.jpeg)
-1788000732.jpeg)
-1788000731.jpeg)
-1788000732.jpeg)