रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।
बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे क्षेत्रमा विध्वंस मच्चाएको थियो।
उक्त बाढीमा परेकी ६ वर्षीय बालिकाको शुक्रबार साँझ सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले जीवितै उद्धार गरेको हो।
सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बाढी गएको झन्डै ६० घन्टापछि बालिकाको जीवितै उद्धार भएको हो।
बाढीले थुपरेको चट्टान र काठ भित्रबाट बालिकालाई उद्धार गरिएको हो।
उद्धार गरिएकी बालिकाको पहिचान खुलिसकेको छैन।
बालिकाकालाई बोर्डर आउटपोस्ट टिमुरेबाट करिब २ सय मिटर नजिकबाट उद्धार गरिएको हो।
उद्धारपश्चात बालिकालाई सुरक्षित स्थानमा राखेर सशस्त्र प्रहरीका टोलीले प्राथमिक उपचार गरेको छ।