रसुवामा हालै आएको बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको सम्झना र आत्मशान्तिको कामना गर्दै काठमाडौँको खुलामञ्चमा शनिबार दीप प्रज्ज्वलन गरिएको छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्याक समुदायका सदस्यहरूको सक्रियतामा उक्त श्रद्धाञ्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपत्तिको यो कठिन घडीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए।
विपत्तिको समयमा सबै समुदाय मिलेर एक-अर्कालाई साथ र सहारा दिनुपर्ने सन्देश दिँदै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्याक समुदायले यस किसिमको ऐक्यबद्धता जनाएका हुन्।
तस्बिरहरू:
-1788012023.jpg)
-1788012023.jpg)
-1788012023.jpg)
-1788012023.jpg)
-1788012022.jpg)
-1788012022.jpg)
-1788012023.jpg)
-1788012022.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी