काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनामा घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ।
सोमबार मध्याह्नमा बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धीको बसमा आगलागी भएको हो।
आगलागीमा परी बसका चालक घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले जानकारी दिए।
‘आगलागी नियन्त्रणमा आएको छ। घाइते भएका बस चालकलाई कीर्तिपुर अस्पताल पुर्याइएको छ,’ उनले भने, ‘कसरी आगो लाग्यो भन्ने अनुसन्धान भइरहेको छ।’
यसैगरी बस स्टपमै पुगेर आगलागी के कारणले भयो भन्ने अनुसन्धानको विषय रहेको पनि बताए।
वरिपरिका सिसिटिभी फुटेज तथा भिडिओहरू केलाएर अनुसन्धान गरिने उनले बताए।