काठमाडौंको टेकुस्थित प्लास्टिक गोदाममा आगलागी भएको छ।
सोमबार अपराह्न काठमाडौं महानगरपालिका-१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
उनका अनुसार दमकल, नेपाल प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रण प्रयास जारी छ।