पृथ्वी राजमार्ग अवरूद्ध भएपछि मालबाहक ट्रकहरू काठमाडौंमै रोकिएका छन्।
अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खसेर सडक अवरूद्ध भए पछि पृथ्वी राजमार्ग र मुग्लिन-नारायणघाट सडक अर्को सूचना जारी नहुँदासम्म बन्द गरिएको छ।
कृष्णभीरमा नयाँ सडक निर्माण गरिएको ठाउँनजिक पहिरो खसेको छ भने त्रिशूलीको बहाबले तलबाट कटान गरेपछि ग्याबिन वाल भासिएको छ।
त्यसकारण अहिले सवारी साधनहरू काठमाडौंबाट बाहिरिन पाएका छैनन्।
कलंकीमा बिहानैदेखि ठूला ट्रकहरूको लाइन छ।
सडकको दुवै तर्फ ट्रकहरू रोकिएर राखिएका छन्।
वर्षा कम भएर पहिरो हटाएपछि सडक सञ्चालनमा आउने छ।
तस्बिरहरूः
-1790315903.jpeg)
-1790315904.jpeg)
-1790315904.jpeg)
-1790315904.jpeg)
-1790315904.jpeg)
-1790315904.jpeg)
-1790315904.jpeg)
-1790315903.jpeg)
-1790315903.jpeg)