अविरल वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारनजिकै धारापानीमा सडक भासिएको छ।
त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो सतह बगाएपछि सडक भासिएको हो।
यहाँ यसअघि नै सडक भासिन सुरू गरेकोमा आज थप भासिएको हो। सडक आधाभन्दा धेरै भासिइसकेको छ।
अहिलेसम्म एकतर्फी सडक सञ्चालन गर्न मिल्ने देखिन्छ तर थप सडक भासिए यहाँ पनि नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था रहन्छ।
मुग्लिन-काठमाडौं सडकमा आज सवारी साधन चलेका छैनन्। कृष्णभिर लगायत विभिन्न ठाउँमा स-साना पहिरा खसेको थियो।
तस्बिरहरू-
-ink-1790319723.jpeg)
-ink-1790319723.jpeg)
-ink-1790319723.jpeg)
-ink-1790319723.jpeg)
-ink-1790319723.jpeg)
-ink-1790319723.jpeg)
-ink-1790319723.jpeg)
-ink-1790319723.jpeg)
-ink-1790319722.jpeg)
तस्बिर- हिरालाल गुरूङ, नेपाल फोटो लाइब्रेरी।