तिनाउ नदीमा बाढी आएको छ।
लगातार वर्षाका कारण आएको बाढीले बुटवल उपमहानगरपालिका-११ टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ।
बस्ति सुरक्षित गर्न लगाइएको तटबन्ध भत्काएर बाढीले ६ वटा घर बगाएको छ।
प्रहरीले राति नै टप मजुवा, प्रगतीनगर, हात्तिसुढ, युद्धनगर लगायतका वस्तीका करिब २०० घरका १ हजार भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारेको थियो।
बाढीका कारण मानवीय क्षति भने भएको छैन।
आइतबार बिहान तिनाउको बहाब केही घटेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिएका छन्।
बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ नदीले शनिबार राति ८ बजेदेखि नै सतर्कताको तह नाघेर खतराको तहमा पुगेको थियो।
आइतबार बिहान यसको बहाब ६.५८ मिटर रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
तस्बिरहरूः










तस्बिरहरू : प्रदीप आचार्य / नेपाल फोटो लाइब्रेरी