पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली प्रहरी कार्यालयमा पुगेको छ।
आज बिहान ३ बजे महाराजगञ्जस्थित निवासबाटै पक्राउ परेका राणालाई अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएको छ।
आयोगको टोली केहीबेरअघि टेकुस्थित कार्यालय पुगेको हो।
उनको स्थिति र सुरक्षाबारे बुझ्न टोली त्यहाँ पुगेको मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।
'आयोगका सदस्यसहितको टोली जानुभएको छ,' उनले भने।
प्रहरीले राणालाई सुरक्षा थ्रेट भएकाले नियन्त्रणमा लिएको बताउँदै आएको छ।