काठमाडौंको आकाश चार दिनपछि खुलेको छ। लगातारको झरीपछि आज मध्याह्नदेखि काठमाडौंको आकाश खुल्न थालेको हो।
मध्याह्ननपछि घाम लागेको छ। बादल पूर्ण रूपमा हटिसकेको छैन। यद्यपि अब ठूलो वर्षाको सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अन्यत्र पनि सोमबारदेखि मौसम सुधार हुने महाशाखाले जनाएको छ।
आकाश खुलेपछि ड्रोनबाट खिचिएको काठमाडौंको दृश्य मनमोहक देखिएको छ।








