बाढीले बगाएको क्रुजसिप चितवन नारायणघाटको पुलमुनि अड्किएपछि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।
चितवनको भरतपुर र नवलपुरको गैडाकोट जोड्ने पुलमा आवतजावत बन्द हुदा पूर्व-पश्चिम राजमार्गको सवारी आवगमन प्रभावित भएको छ।
पुलभन्दा करिब १०० मिटर माथि बाँधेर राखिएको क्रुजसिप आइतबार अपराह्न साढे ५ बजेतिर बगाउँदा पुल मुनि गएर अड्किएको छ।
उक्त क्रुजसिप नारायणी नदीको पुलमा पूर्वी नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको सशस्त्र प्रहरी बलका डिएसपी तथा सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गुल्म पूर्वी नवलपरासी तथा नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ।







