चार दिनदेखि लगातार परेको वर्षापछि आइतबार काठमाडौं उपत्यकाको मौसम खुलेसँगै विभिन्न हिमशृंखला देखिएका छन्।
वर्षापछि आकाश सफा हुँदा काठमाडौंको कीर्तिपुरबाट मनास्लु, लाङटाङ, जुगल, गौरीशंकर लगायतका हिमशृंखला स्पष्ट रूपमा देखिएका हुन्।
लामो समयसम्म वर्षाका कारण धुम्मिएको वातावरण मौसम खुलेसँगै सफा देखिन थालेपछि उपत्यकाबाट टाढाका हिमालसमेत दृश्यावलोकन गर्न सकिएको हो।
मौसम खुलेसँगै उपत्यकाका विभिन्न स्थानबाट हिमालका आकर्षक दृश्य देखिएपछि सर्वसाधारणले तस्बिर तथा भिडियोसमेत खिचेका छन्। वर्षापछि खुलेको मौसमले काठमाडौँ उपत्यकाको वातावरणसमेत केही सफा र मनमोहक देखिएको छ।











