आइतबार नारायणी नदीको पुल मुनि अड्किएको क्रुज सिप निकाल्न सुरक्षाकर्मी परिचालन गरिएको छ।
अविरल वर्षाका कारण नारायणीमा आएको बाढीले पुलभन्दा करिब १०० मिटर माथि बाँधेर राखिएको होटर रिभर क्राउनको क्रुज सिप बगाएको थियो।
नारायणी नदीको पुलमा पूर्वी नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको क्रुज सिप निकाल्न सोमबार बिहान नेपाली सेना र सशस्त्र प्रहरी बलबाट टोली खटिएको छ।
उक्त स्थानमा चितवन जिल्लाका प्रमुख जिल्ला अधुकारी गणेश अर्याल,नेपाली सेना , सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण बाट सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर बानियाँ,सशस्त्र प्रहरी बल नेपाल ३१ गुल्म पूर्वी नवलपरासीबाट संयुक्त टोली आवश्यक उद्धार सामाग्री सहित खटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
अहिले क्रुज सिप निकाल्ने काम भइरहेको पनि उनले जानकारी दिए।