कैलालीमा बाघको आक्रमणबाट एक पुरूषको मृत्यु भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका – ६ चरीडाँडाका अन्दाजी ४० वर्षीय कृष्ण चौधरीको शुक्रबार बिहान बाघको आक्रमणमा परी मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार गौरीगंगा –६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बिहानै च्याउ टिप्न गएका चौधरीमाथि बाघले आक्रमण गरेको थियो।
उनी बिहान ५ बजेतिर सामुदायिक वन छिरेका थिए।
बिहान ८ बजेपछि खाजीमा गएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीसहितको टोलीले चौधरीलाई मृत फेला पारेको थियो ।