देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ।
शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ।
देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा देशको तराईमा आंशिक बादल लाग्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।