मोरङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
लेटाङ नगरपालिका-९ हात्तीचोकस्थित भित्री सडकखण्डमा गए राति १०:३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
उक्त दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारी बस्ने २७ वर्षीय कुमार नेपाली, मोटरसाइकल पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र जिल्ला मोरङ, पथरीशनिश्चरे गाँउपालिका-०८ बस्ने ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।
घाइतेलाई उपचारका लागि क्रमशः मदन भण्डारी अस्पताल, ट्रमा सेन्टर, मंगलबारे र न्युरो अस्पताल, विराटनगर पठाइएको थियो।
उपचारका क्रममा असोज १६ गते राति १२ बजे कुमार नेपाली र असोज १७ गते १२:०४ बजे सन्देश नेपालीको चिकित्सकले मृत्यु भएको घोषणा गरेको छन्।
मोटरसाइकलमा सवार मोरङ पथरीशनिश्चरे गाउँपालिका –०८ का ३२ वर्षीय अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ।
उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।