नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार कर्णालीदेखि गण्डकीसम्मका भूभागबाट मनसुन बाहिरिएको घोषणा गरेको हो।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको हो
मनसुन बहिर्गमनको औसत दिन (२ अक्टोबर)को भोलिपल्ट पश्चिमी भूभागबाट मनसुन बाहिरिएको हो।
महाशाखाले मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ।
यसपालि मनसुन ६ दिन ढिला गरी असार ५ गते भित्रिएको थियो।