प्रधान सेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन्।
बेलायती सेनाका चिफ अफ जनरल स्टाफ रोली वाल्करको निमन्त्रणामा सोमबार प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान गरेका हुन्।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनी असोज २५ गतेसम्म बेलायत भ्रमणमा रहनेछन्।
प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए। भ्रमणले दुई देशबीच रहेको सैनिक सम्बन्धलाई थप सुढृद गर्ने र सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई योगदान पुग्ने सेनाले बताएको छ।
बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।