नेपाल प्रहरीलाई हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडले बडी क्यामेरासहित विभिन्न उपकरण प्रदान गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बिच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक निङ मालेले
उक्त उपकरणहरू हस्तान्तरण गरेका हुन्।
नेपाल प्रहरीलाई हाइटेरा पिओसी पी ५० प्रो डिभाइस २० वटा, बडी वर्न क्यामेरा २५ वटा, हाइटेरा इप्याक युनिट २ वटा लगायत सञ्चार उपकरण हस्तान्तरण गरेको हो।
आइजिपी कार्कीले हाइटेराबाट प्राप्त सहयोगले प्रहरी संगठनलाई समय सापेक्ष प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
अपराध अनुसन्धान, दैनिक प्रहरी कार्य लगायतका कार्यहरूलाई थप चुस्त बनाउनुका साथै प्राप्त उपकरणहरूले विपद्को कठिन समयमा भौगोलिक विकटतायुक्त क्षेत्रमा छिटो छरितो सञ्चार सम्बन्ध स्थापित गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।