सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ सोडारीका छोरा बबी बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१ शिवनगरपस्थित घरबाटै शुक्रबार बेलुकी ३१ वर्षीय बबीलाई प्रहरीले पक्राउ गरेको हो।
२०८२ कात्तिकमा एक जना युवतीले आफूमाथि बबीले जबरजस्ती करणी उद्योग गरेको भन्दै जाहेरी दिएकी थिइन्।
त्यसयता फरार रहँदै आएका बबीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलाली स्रोतले बतायो।
बुवाको राजनीतिक प्रभाव र दबाबका कारण यसअघि प्रहरीले बबीलाई पक्राउ गर्न नसकेको पीडित युवतिको आरोप छ। पीडितले आफूले आरोपीलाई पक्राउ गर्न आग्रह गर्दै वर्ष दिनको अवधिमा कयौं पटक प्रहरी कार्यालय धाउन बाध्य भएको गुनसाो गरेकी छन्।
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी विगतमा नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलका नेता छँदा मुख्यमन्त्री बनेका थिए।
प्रहरी हिरासतमा रहेका बबीको मुद्दा बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।