काठमाडौंमा प्रहरीले गोली चलाएर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ।
बुधबार राति काँडाघारीमा प्रहरीले गोली चलाएर लुटेरालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए।
उनका अनुसार आयन रायमाझी भन्ने व्यक्ति गोली लागेर घाइते समेत भएका छन्। रायमाझीलाई पक्राउ गर्न प्रहरीले सुरूमा हवाइ फायर गरेको थियो।
त्यसपछि उनको घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको एसएसपी घिमिरेले बताए।
रायमाझीसँगै लुटपाटमा संलग्न अरू दुई जनालाई पनि पक्राउ गरेको छ।
यो समूहले पटकपटक लुटपाट मच्चाउने गरेको प्रहरीले जनाएको छ।
परिसरले घटना सँग सम्बन्धित थप अनुसन्धान अघि बढाएको छ।