पोखरा–२८ माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ।
विद्यार्थी बोकेर सौर्य माझठाना हुँदै कालिकास्थित स्कुलतर्फ जाँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी विरेन्द्र पासवानले स्कुल बस दुर्घटना भएको र अहिले यात्रुको उद्धार भइरहेको जानकारी दिए।
‘विद्यार्थी बोकेको बस दुर्घटना भएको छ, हामी उद्धारमा खटिएका छौं,’ उनले भने, ‘८/९ जना विद्यार्थी उद्धार गरेर उपचार गर्न अस्पताल पठाएका छौं।’
बसमा २० जना भन्दा बढी विद्यार्थी रहेको बताइएको छ।