सुर्खेत प्रहरीले जंगलमा १८ वटा भरुवा बन्दुक फेला पारेको छ।
बिषेश सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न तीन वटा जंगलबाट ती भरुवा बन्दुक फेला परेको हो।
अस्थायी प्रहरी चौकी लगाम बाट खटिएको प्रहरी टोलीले जिल्लाको चौकुने गाउँपालिका – १ धामिसेनस्थित जंगलमा लुकाइ छिपाई राखिएका १२ भरुवा बन्दुक शुक्रबार दिउँसो बरामद भएको जनाएको छ।
त्यस्तै इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा मातहत इलाका प्रहरी कार्यालय गुटुसमेतबाट खटिएको प्रहरी टोलीले चौकुने – ७ सान्नेघारीको जंगलमा थप पाँच नाल भरुवा बन्दुक फेला परेका थिए।
प्रहरी चौकी रानिघाटबाट खटिएको प्रहरी टोलीले बराहाताल गाउँपालिका– १ ज्यामिरेस्थित जंगलबाट १ थान भरुवा बन्दुक बरामद गरेको थियो।
स्रोतका अनुसार समाजको शान्ति र चोरी सिकाकारी नियन्त्रणमा लागि प्रहरी स्वएंमले पछिल्लो समय स्थानीयलाई कुनै निश्चित स्थानमा बन्दुक राख्न लगाइ त्यहाँ आँफै पुगेर बन्दुक ल्याउने गरेको छ। यो अभियानका कारण दाङ जिल्लामा पनि छोटो अबधिमै एक सय बढी यस्ता हतियार प्रहरीको नियन्त्रणमा आइ सकेका छन्।
स्रोतका अनुसार प्रहरीको आग्रहमा बन्दुक संकलन गरि आँफै निश्चित ठाउँमा राखेर सूचना दिने ब्यक्तिलाई प्रहरीले कुनै मुद्दा मामिलाको झंझटमा पनि पार्ने गरेको छैन। त्यसकारण पनि स्थानीयहरु आँफुहरुले लुकाइ छिपाइ राखेका अबैध भरुवा बन्दुकहरु निश्चित ठाउँमा राखेर आँफै सूचना दिइ धमाधम बुझाउँदै आएका हुन।