बूढीगण्डकीमा भीषण बाढी आएको छ।
आइतबार बिहान गोरखास्थित बूढीगण्डकीको माथिल्लो तटीय क्षेत्रमा ठूलो पहिरोले नदी थुनिएपछि बाढी आएको हो।
चुमनुब्री गाउँपालिका–६ को लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो गएर बूढीगण्डकी थुनिएपछि बाढी आएको हो।
बाढीले तल्लो तटीय क्षेत्रमा भौतिक क्षति गरेको छ।
अहिलेसम्म मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन।
बूढीगण्डकीको बाढीले निर्माणधीन बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगाएको छ।
चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा रहेको क्याम्प भवन बगाएको हो।
त्यहाँको बस्ती भने सरकारले मुआब्जा दिएर हटाएको थियो।
त्यस्तै सोती बजार र मान्बू जोड्ने बूढीगण्डकी नदी माथिको पक्की पुल बगाएको छ।
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बाढीपछि लेकमा रहेका पाँच जना गोठाला सम्पर्कविहीन छन्।
बाढीको सूचना पाएपछि स्थानीय बासिन्दा भागाभाग गर्दै सुरक्षित स्थानतर्फ लागेका कारण मानवीय क्षति हुन नपाएको उनले बताएका छन्।
गृहमन्त्री सुधन गुरूङले तीनवटै सुरक्षा निकाय परिचालन भइसकेको जानकारी दिएका छन्।
भिडिओः