बूढीगण्डकीमा लेदोसहितको भीषण बाढी आएको छ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-३ लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो गएर बूढीगण्डकी थुनिएको थियो।
थुनिएको क्षेत्रमा नदी खुलेपछि ठूलो बाढी आउँदा तटीय क्षेत्रमा भौतिक क्षति पुर्याएको छ।
चुमनुब्रीदेखि तल्लो आरूघाटसम्म बाढीले क्षति पुर्याएको छ।
बूढीगण्डकीमाथि रहेका पक्कीदेखि फलामे पुल बगाएको छ।
सल्लेरीमा जलविद्युत आयोजनाको क्याम्प भवन बगाएको छ। त्यहाँका घरहरू पनि बगाएका छन्। यसअघि नै मुआब्जा लिएर मानिसहरूले बस्ती छाडिसकेका कारण त्यहाँ मानवीय क्षति हुन पाएन।
यसबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेलिकप्टरबाट खिचिएको बाढीको तस्बिर सार्वजनिक गरेको छ।
बाढी आएको खबरपछि तत्काल सेनाको हेलिकप्टर परिचालन गरिएको थियो।
यस्तो देखियो हेलिकप्टरबाट बाढीको तस्बिर—


