बूढीगण्डकीको बाढीले आरूघाटको पुल बगाएको छ।
आरूघाट गाउँपालिका वडा-९ नयाँ पुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर आकाश कँडेलले जानकारी दिए।
'पक्की पुलको तीन खण्डमध्ये गोरखातिरको एउटा खण्ड बगाएको छ,' उनले भने।
आरूघाट बजार भने खाली गराइएको छ।
आरूघाटमा बूढीगण्डकीको जलसतह खतराको तहभन्दा अत्यधिक बढेपछि बजार खाली गरिएको इन्स्पेक्टर कँडेलले जानकारी दिए।
अहिले पनि जलसतह नघटेको उनले बताए।
'माथि नदी थुनिएको ठाउँमै बढ्ने घट्ने भइरहेको छ। तल्लो तटीय क्षेत्रमा अझै घटेको देखिएको छैन,' उनले भने।