बूढीगण्डकीमा बाढी आएपछि जगतमा फसेका ६ जनाको उद्धार भएको छ।
चुमनुब्री गाउँपालिका-३ स्थित जगतमा फसेका ६ जनालाई उद्धार गरिएको गृहमन्त्री सुधन गुरूङको सचिवालयले जनाएको छ।
'बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ,' मन्त्री गुरूङको सचिवालयले भनेको छ।
जगत बूढीगण्डकीको तटीय क्षेत्रमा अवस्थित बस्ती हो।
बाढीपछि काठमाडौंमै रहेको कम्पोजिट क्वीक रियाक्सन टिम पनि हवाईसाधनबाट बाढीग्रस्त इलाकामा तैनाथ गरिएको मन्त्री गुरूङको सचिवालयले जनाएको