हाल देशमा पश्चिमी वायू र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
पछिल्लो ६ घन्टायता केही भूभागमा छिटपुट मात्रै वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ।
बाँकी हिमाली भू-भाग तथा देशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ।
देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग साथै लुम्बिनी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति भने देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
महाशाखाले राति पानी पर्ने पूर्वानुमान गरेको छैन।