काठमाडौंको सिफलमा ग्यास लिन उपभोक्ताहरूको लामो लाइन लागेको छ।
सोमबार बिहानैदेखि उपभोक्ताहरू लाइनमा बसेका छन्।
अहिलेसम्म त्यहाँ करिब पाँच सय ग्यास सिलिन्डर लाइनमा राखिएका छन्।
बिहान ४–५ बजेदेखि नै लाइनमा बसेका उपभोक्ताहरू बताउँछन्।
मध्याह्न १२ बजेपछि ग्यास वितरण गर्न थालिएको छ।
सिलिण्डर बोकेको एउटा एउटा ट्रक आएपछि ग्यास वितरण थालिएको छ।
सिफलमा पनि जुनसुकै कम्पनीको ग्यास अतिरिक्त शुल्क नतिरी साँट्न पाइने व्यवस्था गरेको छ।
नेपाल एलपी ग्यास उद्योगले काठमाडौको विभिन्न ६ ठाउँमा आइतबारदेखि नै ग्यास वितरण सुरू गरेको थियो।
दसैंमा खाना पकाउने ग्यासको अभाव हुन नदिन आइतबारदेखि नै ग्यास वितरण थालिएको थियो। यो व्यवस्था फुलपातीसम्म लागू हुने संघले जनाएको छ।
कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योग, बालाजुको नेपाल ग्यास उद्योग, पेप्सिकोको सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट ग्यास वितरण भइरहेको छ।
ग्यास वितरणका लागि बिहान ९:३० देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ। शिफलमा भने सोमबार बिहान १२ बजेपछि मात्रै ग्यास वितरण हुन थालेको छ।
नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा यो व्यवस्था कार्यान्वयन गरिएको हो।
जुनसुकै उद्योगको सिलिन्डर साट्न सकिने भनिए पनि व्यवहारमा केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साँट्न मानेको भन्ने गुनासोहरु पनि आइरहेका छन्।
हेर्नुस् सोमबार शिफलमा देखिएको लाइन
-ink-1791788822.jpeg)
-ink-1791788822.jpeg)
-ink-1791788821.jpeg)
-ink-1791788821.jpeg)
-ink-1791788821.jpeg)
-ink-1791788822.jpeg)
-ink-1791788821.jpeg)
-ink-1791788819.jpeg)
-ink-1791788820.jpeg)
-ink-1791788820.jpeg)
-ink-1791788819.jpeg)
-ink-1791788820.jpeg)
-ink-1791788820.jpeg)
-ink-1791788820.jpeg)
-ink-1791788819.jpeg)
-ink-1791788820.jpeg)
-ink-1791788821.jpeg)
-ink-1791788822.jpeg)
-ink-1791788820.jpeg)