बडादसैंको माहोलसँगै काठमाडौंको नक्सालस्थित भगवती मन्दिर झिलिमिली बत्तीले सजाइएको छ।
दसैंको अवसरमा मन्दिरलाई आकर्षक रूपमा सिँगारिएपछि परिसरमा पर्वको रौनक थपिएको छ।
बडादसैंमा दुर्गा भवानीको पूजा आराधना तथा दर्शन गर्न भक्तजनहरू विभिन्न शक्तिपीठमा पुग्ने गर्छन्।
दसैंका बेला नक्साल भगवतीसहित काठमाडौं उपत्यकाका विभिन्न मन्दिरमा भक्तजनको चहलपहल बढ्ने गरेको छ।
दसैंलाई देवी दुर्गाको आराधना, शक्ति उपासना र धार्मिक आस्थाको पर्वका रूपमा मनाइन्छ।










तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी