दसैं नजिकिएसँगै काठमाडौंको असन, न्युरोड बजारमा चहलपहल बढ्न थालेको छ।
दसैंका लागि आवश्यक सामग्री खरिद गर्न आउने ग्राहकको संख्या बढेसँगै असन बजारमा किनमेल गर्नेको भीड देखिन थालेको हो।
दसैंलाई लक्ष्य गर्दै नयाँ लुगा, जुत्ता, खाद्यान्न, मसला तथा पूजा सामग्री खरिद गर्न ग्राहकहरू असन बजार पुग्न थालेका छन्।
चाडपर्वका लागि आवश्यक सामग्री किन्न आउने ग्राहकका कारण बजारका पसलहरूमा पनि व्यस्तता बढेको छ।
दसैंमा परिवारका सदस्यका लागि लत्ताकपडा तथा घरायसी सामग्री खरिद गर्ने परम्पराका कारण असन बजारमा हरेक वर्ष चहलपहल बढ्ने गर्छ।
यस वर्ष पनि दसैं नजिकिँदै गर्दा बजारमा ग्राहकको आवागमन बढ्न थालेको छ।
काठमाडौंको पुरानो व्यापारिक केन्द्रका रूपमा परिचित असन बजार दसैंको समयमा किनमेलका लागि विशेष आकर्षणको केन्द्र बन्ने गरेको छ।
तस्बिरहरू:
-1791886457.jpg)
-1791886457.jpg)
-1791886457.jpg)
-1791886456.jpg)
-1791886456.jpg)
-1791886456.jpg)
-1791886456.jpg)
-1791886454.jpg)
-1791886455.jpg)
-1791886455.jpg)
-1791886456.jpg)
-1791886454.jpg)