प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन्।
अमेरिकाको स्ट्याण्डफोर्ड विश्वविद्यालयले तयार पारेको वार्षिक ग्लोबल र्यांकिङमा प्राध्यापक डा. शर्मा पनि परेका हुन्।
उनी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्।
स्टयाण्डफोर्डले हरेक वर्ष वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धमा अनुसन्धान र प्रकाशन गर्ने एल्सेभियरसँग सहकार्य गरी सूची सार्वजनिक गर्छ।
मुटु, मिर्गौला र सर्पदंशको उपचार विधिमा गरेको काम र अनुसन्धानका आधारमा शर्मा उक्त सूचीमा परेका हुन्।
उनी अघिल्लो वर्ष पनि उक्त सूचीमा परेका थिए।