बूढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले प्रभावित गोरखाको आरुघाट गाउँपालिका–३ स्थित सोती बजारलाई पुरानै लयमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन्।
बाढीले घरभित्र लेदो थुपारेपछि प्रभावित स्थानीय सफा गरेर जनजीवनलाई पुनः सामान्य अवस्थामा फर्काउने प्रयास गरिरहेका छन्।
यसमा नेपाली सेनाले साथ दिएको छ।
सोतीका करिब १५ घर तथा व्यापारिक संरचना बाढीको चपेटामा परेका थिए।
यसकारण केही परिवार घर छाडेर आफन्तकहाँ तथा सामुदायिक भवनमा आश्रय लिन बाध्य भएका छन्।
बाढीबाट सोती र मान्बु जोड्ने बुढीगण्डकी नदीमाथिको आरुघाट २ र ३ जोडने मोटरेबल पुलसमेत बगेको छ।
पुल बगाउँदा स्थानीयको आवागमन प्रभावित भएको छ।
मनास्लु पदमार्ग जाने पदयात्री, धार्चे र चुमनुब्री क्षेत्रका स्थानीयको आवागमन चाडपर्वमा ठप्प भएको छ।
अहिले सोती बजार क्षेत्रको सडकमा थुप्रिएको लेदो र भग्नावशेषले यातायात सञ्चालनमा समेत कठिनाइ उत्पन्न गरेको छ। त्यो सडक सफा गर्ने काम भइरहेको छ।
घरभित्र पसेको लेदो हटाउने, क्षतिग्रस्त संरचनाको अवस्था बुझ्ने र सुरक्षित बसोबासको व्यवस्था मिलाउने काम अहिले स्थानीयका लागि प्रमुख चुनौती बनेको छ।
तस्बिरहरूः
















तस्बिर : साइराम उपरकोटी/नेपाल फोटो लाइब्रेरी