Ncell
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, माघ ४, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

बेनाम चिठी

Nmb
Nmb
सुदर्शन खड्का

सुदर्शन खड्का

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

अलमलपुर,

गते याद नभएको दिन,

तिमी ,

प्रिय म यहाँ सन्चै छु,तिमी पनि सन्चै छौ होला।

‘सम्बन्ध’ नै नभएको मान्छेलाई प्रिय भन्न पाइन्छ कि पाइँदैन होला ?

अचेल तिम्रो र मेरो सम्बन्धको परिभाषा त्यति गतिलो छैन। केहीसँग सम्बन्ध त हुन्छ तर ती  प्रिय हुँदैनन्। केहीसँग सम्बन्ध नै हुँदैन तर पनि ती मनका प्रिय हुन्छन्।

केही कुरा यस्तै हुन्छन्। तिमीलाई प्रिय भनिहाल्न पनि मन अलि धुकचुक मान्छ। अक्सर जिन्दगीको घामछायामा प्रिय कुरा नै ओझेल पर्छन्। मलाई त्यस्तै लाग्छ। जिन्दगीले मलाई त्यस्तै सिकाएको छ।

Laxmi bank
Laxmi bank

सामाजिक सन्जालले खर्लप्पै खाएको जमाना पनि चिठी लेख्नु। त्यो पनि सम्बन्ध नै नभएको मान्छेलाई! उपल्लो दर्जाको पागलपन हुँदो हो! बेठीक हुँदो हो। केही कुरा ठीक र बेठीक को कसीभन्दा पनि  माथि हुँदा रहेछन्। अंग्रेजीमा एउटा भनाइ नै छ नि ‘हार्ट वान्ट्स ह्वाट इट वान्ट्स’ ! मलाई आज निर्धक्क मन खोल्न मन छ। तिमीसामु !

यो मनलाई आज

Ncell
Ncell

थोरै भए पनि खुल्न देऊ

धेरै भयो गरेको दौडधूप

एकछिन मलाई

यो दुनियाँ भुल्न देऊ

धेरैले टिपे,च्याते, फाले

मायाका बुकी टाँकी

एकछिन अब मनको सुनाखरी फुल्न देउ!

 

म यो समयमा यस्तो चिठी लेख्ने थिइनँ। तर केही घटनाले बाध्य बनाए। तिमीलाई आजै दिउँसोको एउटा घटना सुनाउँछु।

आज हाम्रो फिल्ड भिजिटको अन्तिम दिन थियो। आजको फिल्ड भिजिट अरू दिनको भन्दा चाँडै सकियो। घडीको सुइँ एक र दुईको ठीक बीचतिर नाच्दै थियो।

‘यति चाँडै त के घर जानु ,घुम्न जाम न कतै’

‘गोदावरी नजिकै छ। गोदावरी जाम त्यसो भए!’

सानो सल्लाहपछि हाम्रो ग्रुप गोदावरीतिर मोडियो। १५ मिनेटपछि हामी बोटानिकल गार्डेन अगाडि उभियौं। एकछिन अघि ग्रुपमा मिलेर हिँडेका मान्छे एकैछिन पछि हल नमिलेको गोरु झैं बट्टारिन थाले।

क्रमश: हाम्रो ग्रुपको साइज घट्दै गयो। चुरो कुरो एकछिन पछि पत्ता लाग्यो। हाम्रा क्लासका जोडीहरू हल कसेर एक एक कुनातिर पसिसकेछन्। गोदावरीको हरियालीले उनीहरूलाई पनि मायाको बारीमा प्रितीको फूल रोप्न प्रेरित गरेछ क्यारे सायद। क्रमश: साइज घटेपछि ग्रुपमा एकजना बाँकी बस्यो। म। म जिल्लिएँ। रन्किएँ।

सबैसँग भएर पनि कोहीसँग नहुनु भन्दा एक्लै हुनु ठीक हो।

यी भीडहरूमा त्यस्ता एक्ला मान्छे कति हुँदा हुन् हगि ?

एकछिन रन्किएँ। मनमनै जानेजति मुख छाडें। नेपालीमा। हिन्दीमा। अंग्रेजीमा। पालैपालो। जानेको भए अरु भाषामा पनि छाड्थें।

एकैछिन के गरौँ गरौँ भो। ५० रुपैयाँको बदाम किनें। २५ रुपैयाँको पानी किनें। सानो काठको पुल तरेर अलि अगाडि गएपछि एउटा चौर भेटियो। थ्याच्च बसें। टन्टलापुर घामको मुनि बसेर कर्यामकर्याम बदाम चपाउन थालें। वरिपरि बसेका एकाध जोडीले असहज नजर मतिर फ्याकें। तर मलाई कत्ति असहज लागेन। किनभने म मै सँग थिएँ।

रिस अलि शान्त भो। जुरूक्क उठें। बस स्टपतिर मोडिएँ। बस चढें। अन्तिम सिटको झ्यालपट्टि थच्चिएं। गाडी गुड्यो। गाडीसँगै म पनि गुडें। गाडीभन्दा पनि अघिअघि मेरो मन बत्तियो। गाडीमा गीत घन्कियो:

“पिरती मैले नलाको हैन तक्दिरमा रैनछ ………………….”

आज दिउँसोको घटनाले गर्दा पनि होला तिम्रो याद झन् बल्झिँदै छ। पुरानो खाटोमा नयाँ घाउ सरि।

आधा रात झरिसक्यो। अहिले काठमाडौं मस्त निन्द्रामा छ। तर निन्द्रा अनखोट थापेर म नजिक आउन मान्दैन। मनमा अनेकौं विचार कुस्ति खेल्दै छन्। अनि म एउटा पुरानो गीत रिपिटमा राखेर तिमीलाई चिठी लेख्दै छु। मनको एउटा कुनामा ओसिएका पिरतीका बिस्कुन फिजाउँदै छु।

 

प्रिय ,

तिमीले मलाई कति सम्झ्यौ? कति बिर्सेउ?थाहा छैन। तर म त तिमीलाई हरपल याद गरिरहन्छु।

हैन ढाटेको!

तिमीसँग यति सस्तो झुट बोल्न मन मान्दैन। तर यति चाहिँ पक्का हो म सपनाको गल्लीमा भौंतारिँदा तिम्रा यादहरूको घरतिर पुलुक्क हेर्न भ्याएकै हुन्छु। (सपना केटीको नाम हैन नि फेरि !)

महिनाभरि अलि अलि फाट्ट-फुट्ट आएको पैसा म ताल पर्यो भने एकै दिन झ्वाम पारिदिन्छु। मेरो बानी देखेर जब आमा दिक्क मान्दै भन्नु हुन्छ “यस्ले छाडा भएर सब पैसा फ़ुर्माइस गरेर सक्ने भो ! यसको बिहे नगर्दी भएन” मलाई आगत को पर्दाबाट तिमीले नै सुटुक्क चिहाए जस्तो लाग्छ।

जब कुनै रोम्यान्टिक मुभी हेर्दा अन्त्तिम मा हिरो र हिरोइनको मिलन देख्छु, म हिरोको जिउमा मेरो टाउको र हिरोइनको जिउमा तिम्रो टाउको जोड्न खोज्छु।

आमा बेला बेला भन्नु हुन्छ “यो मोरा सारै आशे छ।” सायद आमा ठीकै भन्नु हुन्छ। म नदेखेको भविष्यको पनि आश गर्छु। तिम्रो आश गर्छु।

म देखिरहने, भेटिरहने अनुहारमा तिम्रो चित्र खोजिरहन्छु। मसँग नजिकिने कोहीसँग तिम्रो ठेगाना छ कि भनेर आश गर्छु।

मैले तिमी बन्न खोजेर पनि तिमी बन्न नसकेका केही अनुहारमा तिम्रो अनुहार खोजेको छु। म तिम्रो अनुहार मेरो कुनै पूर्वप्रेमिकाको अनुहार होला भनेर ढुक्क भएको छु। तर तिम्रो अनुहार उनीहरूसँग मिल्दैन भन्ने थाहा पाउँदा मैले रोइलो गरेको छु। फेसबुक डियाक्टिभेट गरेको छु। इन्स्टाग्रामको डिपी खाली बनाएको छु।

तिमीलाई धेरै पहिलेको एउटा किस्सा सुनाउँछु:

“आइ डोन्ट थिङ्क इट्स रियल्ली गोइङ्ग टु वोर्क आउट ! इट्स बेटर टु चुज आवोर ओन पाथ !”

मलाई मेरो इगो तल पार्नु थिएन। जवाफ फर्काइहालें “तिमी जस्ता गोरी गाए काली आउँछन्। काली गए गोरी आउँछन्। गुडबाई !”

यी नै थिए अन्तिम वाक्य सायद।

मेरो पहिलो प्रेमले अन्तिम सास फेरेको थियो। धमिलो सम्झना अझै जिउँदै छन्। पहिलो प्रेम त्यसै छुटेको थियो। कहिले के मिलेन ,कहिले के! कहिले के कुरामा बेमिलाप। कहिले के कुरामा बेमिल्ति। खप्पर मै हुन नलेखेसी टाउको नै फुटाए नि के गर्नु थ्यो र ?!

अरूको मायाप्रेम चिल्लो रोडमा ल्याम्बर्गिनी कुदेको जस्तो देख्थें। आफ्नो पिरती कच्ची रोडमा स्कुटर कुदे झैं भयो। कहिले यता। कहिले उता। अन्तिममा उत्तानो!

मैले रहरले हिँडेको पिरतीको पहिलो बाटो भासियो। भत्कियो। पहिलोचोटि प्रेम गर्दा जति खुसी म कहिले भएको थिइनँ। दुइटै खुट्टा पाइडलमा राखेर पहिलोचोटि साइकल चलाउँदा भन्दा पनि ज्यादा खुसी!

जब पहिलो प्रेम टुट्यो। औडाहा भो । सँगै देखेका सपनाले नमज्जाले डसे। सपना देख्न सिकाउनेका  यादले पोले। मन त्यसै रन्थनियो।

मुखले तीतो निकाले पनि मभित्र भित्रै रन्थनिएको थिएँ। गोरी भए पनि काली भए पनि मलाई ऊ चौपट्टई मन परेकी थिई। ऊ नै तिमी र तिमी नै ऊ हो भनेर मन ढुक्क भैसकेको थियो। तर मन गलत ठहरियो। नियति सही।

एक दुई दिन त जत्ति औडाहा भए पनि सहेरै बसें। तर जब मेरो धैर्यताको बाँध भत्कियो, सस्ता उपाय लगाउन थालें। फेरि फोन गर्न थालें। मेसेज गर्न थालें। लाजै पचाएर।

कुनै कुरा हराएको थाहा हुँदाहुँदै पनि घरि घरि खोज्न मन लाग्दो रहेछ। मनमा कता कता ऊ मलाई अझै प्रेम गर्छे भन्ने भ्रम बसेको थियो।

कोही बेला मन यति कमजोर हुन्छ कि भ्रम नै सही आश पलाउँछ । बारम्बार फोन गरें। उठेन। व्यस्त भयो। सम्पर्क हुन सकेन। बारम्बार मेसेज गरें। रिप्लाई आयो  “यु कान्ट रिप्लाई टु दिस कन्भर्सेसन !”

भन्नेहरूले भन्न खोजेका , तर सुन्नेहरूले सुन्न नखोजेका चिजहरूबाट कति सम्बन्ध हराए होलान्।

ऊसम्म पुग्ने बाटो बन्द भो। तर उस्का याद मेरै ठेगाना खोज्दै आउने बाटो मैले थुन्न सकिनँ। याद आइरहे। प्रेम जति सुकै तीतो किन नहोस्।

याद मिठै हुँदा रहेछन्। एक दुई हप्ता म देवदास नै भएँ। मनको सात्तो गएछ क्यारे। निन्द्रा हरायो। भोक हरायो। म कुनै दिर्घरोगी जस्तो भएँ। आँखाको विष मार्न स्लिपिङ ट्याबलेटको सहारा लिन थालें।

एकदिन दिउँसै झकाएछु। बिउझिँदा मन खिन्न थ्यो। निदाउँदा देखेको सपना दिमागमा नाच्दै थ्यो।

‘ऊ र म कुनै घना जंगलमा थियौं। ऊ ‘तिमी एकछिन बस्दै गर है। म आइहाले।’ भनेर कतै गई।

म उसलाई त्यही कुरेर बसें। दिन बित्यो ऊ आइन। साँझ पर्यो ऊ आइन। रात पर्यो ऊ आइन। म रुँदै उसलाई खोज्न थालें। तर अहँ भेटिन। म उस्को नाम बोलाउँदै जंगल नै थर्किने गरी रूँन थालें।’

सपनामा ऊ आई। विपनामा मन कता कता चर्कियो। उठेर एक बोतल पनि घट्क्याएँ। ऐना अगाडि उभिएँ। सँगै ऐनामा एउटा झुप्प दाह्री पालेको, महिनौंदेखि हाँस्न बिर्सिएको मान्छे उभियो।

ऐनाको मान्छेले पनि मलाई टीठलाग्दो पाराले हेर्यो। मलाई आफ्नै हालत देखेर डाँको छोडेर रूँन मन लग्यो। ऐना अगाडि बसेर ग्वाँ-ग्वाँ रोइदिएँ।

रूँदै थिएँ एक्कासि ऐनातिर आँखा गयो। यसो हेरेको ऐनामा झुप्प दाह्री पालेको, यत्रो भुस तिग्रे मान्छे मुख बिगारी बिगारी रूँदो र’छ। कस्तो नसुहाएको।

ऐनाको मान्छे कनि कनि रोको देखेर मलाई खितिति हाँस उठ्यो। हाँसिदिएँ। ऐनाको भुस्तिग्रे पनि हाँस्यो। त्यसपछि त्यो ऐनाको भुसतिग्रेले मलाई उठाएर बाथरुम लग्यो । दाह्री काटिदियो । मुख धोइदियो । अनि मलाई टाइट हग गरेर भन्यो:-

‘केही छैन यार! जिन्दगी यस्तै हो कहिलेकाहीँ ठेस लाग्छ। न’रो अब। तलाई हाँस्दा क्या राम्रो देखिन्छ !’

अनि त्यो भुसतिग्रे र म दिनभर मोटु- पत्लु हेरेर खितिति खितिति हाँस्दै बस्यौं। मेरो मुड चंगा भो। भुसतिग्रे हेर्दा हेर्दै मेरो नजिक आयो र मेरै ज्यानमा मिसियो। मैले फेरि मलाई पाएँ। त्यो दिन मैले महिनौंदेखि मनमा गानिएर बसेको पिलो सिनित्त पारेर निचरेर फालिदिएँ। आँखोसहित!

छुट्नेहरूसँग गुनासो गर्न छोडिदिएँ। फेरि कहिले नभेटिनेहरूको आश गर्न छोडिदिएँ। पछाडि फर्केर हेर्न छाडिदिएँ। त्यसपछि आजसम्म मलाई त्यो भुसतिग्रे रोएको थाहा छैन। म आफैं रोएको थाहा छैन।

जब म मेरो पहिलो प्रेम सम्झिन्छु। म झन् बढी तिमीलाई भेट्ने कुरामा विश्वस्त हुन्छु। मैले रहरले लगाएको पिरती छुट्दै गए किनभने कुनैदिन मैले तिमीलाई भेट्नुछ। ईश्वरले झन् राम्रा कुरा दिन राम्रा कुरा खोस्छन् भन्छन्।

म बेला बेला सोचिरहन्छु  तिमी कस्ती हौली? मोटी या पातली ? गोरी या काली? होची या अग्ली? तिम्रा आँखा कस्ता होलान् ? ठूला या साना ? काला या निला ? तिमीलाई नदेखेको भए पनि मनले बेला बेला तिम्रो आकृति कोरिरहन्छ । कोही बेला कस्तो बन्छ, कोही बेला कस्तो। जस्तो बने पनि मेरो मनले बनाएको तिम्रो तस्बिर मलाई खुब प्रिय लाग्छ। जब तिमीसँग भेट होला, मैले बनाउने गरेको तिम्रो आकृतिले मूर्त रूप पाउनेछ।

साँच्चि हाम्रो भेट कहिले होला? भोलि बिहानै म महानगर यातायातमा झुण्डिँदै गर्दा या वर्षौंपछि म मेरा आफन्तसँग तिमीलाई हेर्न आउँदा तिमीले चिया बोकेर बाहिर आउँदा ? जुन दिन होला म त्यो दिन मेरो जिन्दगीको दिनले नयाँ बिहानी पाउनेछ।

साँच्चि हाम्रो भेट कता होला? सिनेमाको लाइनमा या पशुपतिको आरतीको भीडमा? रेस्टुरेन्टमा म:म चपाउँदै गर्दा या ठेलामा चिया पिउँदै गर्दा !

एउटै बसको एउटै सिटमा या फरक घरको फरक बार्दलीमा ? जहाँ हुनेछ त्यहीँदेखि मेरो जिन्दगीले नयाँ आकार खिच्ने छ।

हाम्रो भेट कसरी होला ? एउटै कलेजको एउटै कक्षामा या एउटै लिफ्टको एउटै तल्लामा? एउटै मान्छेको बर्थडेमा या फरक मान्छेको बिहेमा? तिम्रो सल मेरो घडीमा अड्केला कि नअड्केला ?

तिमी र म हिँड्ने बाटोले हामीलाई एकै ठाउँमा ल्याएर ठोक्काउलान् कि नठोक्काउलान् ? जसरी होला हावा पनि आँखा तन्काएर एकचोटि हामीलाई हेरेर मात्र बग्नेछ।

म सानो छँदा नारायण गोपालको गीत घर टोलतिर बाक्लै सुनिन्थे। त्यतिबेला म ती गीतहरू उतिसारो बुझ्दिनथें। बिस्तारै जवानीले मेरो उमेरलाई अँगालो मार्यो। उमेरले प्रेमलाई।

म प्रेममा असफल हुँदै गएँ। बिस्तारै ती गीत मैले बुझ्न थालें। ती गीत मेरा आफ्नै गीत भए। ती गीत मेरा आफ्नै कथा भए। 

कुनैदिन असफल प्रेमको सिँढी चढ्दाचढ्दै म तिमीसम्म आइपुग्नेछु। र तिम्रो आँखामा हेरेर भन्न सक्नेछु

“मेरो घाउ तिमी नहाँसे पो दुख्छ …..”

मलाई विश्वास छ समयले तिमीलाई र मलाई एउटै  मोडमा एकैचोटि उभ्याउने छ जहाँ म प्याक प्याक तिर्खाएको हुनेछु , तिमीसँग प्रेमको नदी हुनेछ। असफल प्रेमको भारी बोकेको मेरो मन अझै विश्वास गर्छ :

“खोजेको प्रेमभन्दा भेटेको प्रेम मीठो हुनेछ !”

भगवान तिमी र मलाई भेटाउने  ‘साजिश’ रच्दै होलान्।

अप्सराहरू तिम्रो र मेरो भेट हुँदा गाउने  रोम्यान्टिक गीत रिहर्सल गर्दै होलान्।

लौ त आजलाई यति नै। काठमाडौं उठ्ने बेला भइसक्यो। रिपिट मोडमा गाउँदा गाउँदा क्रिस्टिना पेरी थाकिसकिन् :

“डार्लिङ डोन्ट बि अफ्रेड

आइ ह्याभ लभ्ड यु फर अ थाउजेन्ड इयर

एण्ड लभ यु फर अ थाउजेण्ड मोर …………………!”

बिदा !

 

                                                                                                

 

                                                                   उही तिम्रो ,

                                                                 (तिमीलाई जे भन्न मन लाग्छ त्यहि)

 

***

पि.एस: ठेगाना थाहा हुनेले यो चिठी नखोलीकन पुर्याइदिनुहोला !

प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  १५:१८
सिफारिस
श्रीमतीको मृत्युपछि दुई छोरा एक्लै हुर्काउँदै थिए, गोली लागेर ज्यान गुमाए
श्रीमतीको मृत्युपछि दुई छोरा एक्लै हुर्काउँदै थिए, गोली लागेर ज्यान गुमाए
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा
कोरियामा सीप सिके, फर्केर डेढ करोडमा खोले 'मिल्क आर्ट'
कोरियामा सीप सिके, फर्केर डेढ करोडमा खोले 'मिल्क आर्ट'
चुनावमा टिकटका आकांक्षी देउवा पक्षका नेताहरू गर्न थाले सभापति थापालाई फोन
चुनावमा टिकटका आकांक्षी देउवा पक्षका नेताहरू गर्न थाले सभापति थापालाई फोन
शेखर कोइराला समूह कांग्रेसबाटै चुनाव लड्ने, अबदेखि देउवा पक्षको बैठकमा नजाने!
शेखर कोइराला समूह कांग्रेसबाटै चुनाव लड्ने, अबदेखि देउवा पक्षको बैठकमा नजाने!
पुस मसान्तमा मध्यरातसम्म के काम गर्छन् राजस्वका कर्मचारी?
पुस मसान्तमा मध्यरातसम्म के काम गर्छन् राजस्वका कर्मचारी?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

मैले तिमीलाई जोगाउन सकिनँ!
कुन दिनमा नजाने गाउँको बाटो सोध्न पुगिएछ!
भो नफुट!
चेतनाको यात्राको एक पथिक रहेछु!
तिमी नदी हौ!
माघे सङ्क्रान्तिले सम्झाएको बिछोडिएको प्रेम!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

नारायण वाग्ले
प्रधानमन्त्रीको उम्मेदवार तोकौं भन्दा महामन्त्रीहरूलाई निस्कासन गर्ने पार्टी! नारायण वाग्ले
चेतनाथ आचार्य
के अमेरिका चीनलाई विश्व नेता बनाउँदैछ? चेतनाथ आचार्य
डा. निर्मल कँडेल
नेपालमा हामी बहस गर्दैनौं, अपमान गर्छौं! डा. निर्मल कँडेल
सञ्जीव पोखरेल
रवि र बालेनलाई विश्वास नगर्नेहरूका लागि एउटा 'विकल्प' हुनेछ सुधारिएको नेपाली कांग्रेस सञ्जीव पोखरेल
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

विदुर दाहाल
मान्छे नगई सरकारले भत्ता दिँदैन, घिस्रेर जान्छु, घरैमा ल्याएर दे भन्दिनू न सरकारलाई! विदुर दाहाल
National life inner
National life inner
सुधन सुवेदी
हिउँ र घामको दोसाँधमा मोहम्मद, बाँसको चम्चा र खुसी! सुधन सुवेदी
ध्रुवचन्द्र दवाडी 'मनस्वी'
जंगलमा हराएको त्यो वन-तरुल... ध्रुवचन्द्र दवाडी 'मनस्वी'
दिनेश बज्राचार्य
सुनको पिँजडामा दुई वर्ष… दिनेश बज्राचार्य

साहित्यपाटी

जगत बोहरा
मैले तिमीलाई जोगाउन सकिनँ! जगत बोहरा
Hardik
Hardik
नवीन प्रधान
कुन दिनमा नजाने गाउँको बाटो सोध्न पुगिएछ! नवीन प्रधान
side bar 17- shivam inner
side bar 17- shivam inner
नारायण खनाल 'नीलम'
भो नफुट! नारायण खनाल 'नीलम'
रमा दुलाल
चेतनाको यात्राको एक पथिक रहेछु! रमा दुलाल

केटाकेटीका कुरा

शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP