नायक राजेश हमालले सबै व्यक्तिलाई मानसिक रुपमा स्वस्थ्य रहन आग्रह गरेका छन्।
विगत डेढ वर्षदेखि कोभिड–१९ महामारीले विश्वभरिका मानिसलाई आर्थिक, सामाजिक, शारीरिक र मानसिक रुपमा पिरोलेको छ। यस्तो अवस्थामा सबैले आफ्नो मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिएका हुन्।
‘हामी अहिले दोस्रो लहरमा छौँ र हाम्रो देश पनि लकडाउनमा छ । यो असामान्य परिस्थितिमा हाम्रो मानसिकतामा पनि केही सामान्य प्रभाव पार्न सक्छ । त्यसैले हामी सबैजना यसमा होसियार रहौं,’इन्स्टाग्राममार्फत बुधबार सेयर गरेको आफ्नो एक भिडियो सन्देशमा भनेका छन्।
मानसिक स्वास्थ्य बलियो र सकारात्मक सोच बनाइराख्न उनले केही सुझाव पनि दिएका छन्।