Ncell
Setopati
x
Bajaj
Setopati
x
Bajaj
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
शनिबार, फागुन २३, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

छोरी निदाइन्...

Nmb
Nmb
भवसागर घिमिरे

भवसागर घिमिरे

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

हाम्रो देखासिकीमै। दुई वर्ष पुग्दा नपुग्दै छोरीले कलम समाउन थालिन्। उनको रूची देखेर, मैले उनलाई बाह्र रंगका कलमहरू ल्याइदिएँ। ती सबै कलम एकैपटक समाएर सेतो पानामा घेरो बनाउँदा रंगिन इन्द्रेणी बन्यो। छोरीले खुशीहुँदै ताली बजाईन्। कापीमा कोरिन्। किताबमा कोरिन्। भुइँ, भित्तामा कोरिन्। अनि रंगहरूसँग खेल्दा खेल्दै रंगको बट्टानै च्यापेर मस्त निदाइन्।

उनी निदाउँदा उनी मात्र निदाइनन्, मेरा निम्ति सारा संसार निदायो। आडैको उनको गुडिया निदायो। उनले खेल्ने बल निदायो। अनि निदायो उनले सुम्सुम्याउँने भाँडाकुटीहरू। लाग्यो रुखहरूले पात हल्लाउन बिर्से। हिड्दै गरेका मान्छेहरू टक्क अडिए। घुम्दै गरेको पृथ्वीले थकाइ मार्‍यो। मैले लामो सास फेरेँ। उनले च्यापेका रंगहरू बिस्तारै झिकेर सिरानी पछाडि राखिदिएँ। उनलाई पातलो पच्छ्यौरा ओढाइदिएँ। बिरालो चालमा कोठा बाहिर आएँ। दिनको हल्लाखल्ला बीच मनमनै प्रार्थना गरेँ, ‘छोरी निदाईन्, कसैले हल्ला नगरून्।’ तै पनि आजकल  शहरमा धेरै हल्ला हुन थालेको छ। छिमेकमा बन्दै गरेको घर। काठमा खुर्किन सकिनसकि कुद्दै गरेको मेसिनले उनलाई केही बेरमै उठाइदियो। उठ्ने बित्तिकै उनले फेरि उही रंगहरू खोजिन्।

यसरी रंगहरूसँग उनी रमाउँन थालेको पनि वर्ष दिन पुगिसक्यो। यो एक वर्षमा उनले धेरै कागजहरूमा रंगहरू भरिन्। घना जंगलमा देखिएका रुखका पातहरूजस्तै। आकाश गंगामा छरिएका ताराहरू जस्तै। घण्टाघरले देख्ने काठमाडौंका सडकहरू जस्तै। उनले केरेका पानाहरूमा मैले विभिन्न आकृतीहरू पाएँ। उनले कलम समाएदेखि ‘क’ लेख्दासम्म मैले उनका मसिना औला निक्कै पटक सुम्सुम्याएको छु।

मैले कहिल्यै पनि नबनाएको आफ्नो अनुहार उनको अनुरोधमा धेरै पटक कापीमा बनाएँ। हात्तीको जस्तो कान। ऊँटको जस्तो खुट्टा। बाँदरको जस्तो पुच्छर पनि बनाएँ। उनले भनेका रंगहरू भरेँ। छोरी रमाइन्। म रमाएँ। सकियो। र आज पनि उनी सुत्नेबेला रंगहरू च्यापेर निदाउन मन पराउँछे। र आज पनि मलाई लाग्छ उनी निदाएपछि चराहरूले पनि आराम गरून्। आकाश पनि नगड्गडाओस्। मन्दिरमा कसैले घण्टि नबजाओस्। अनि यो शहरमा, कसैले काठमा रन्दा नधसोस्। मेसिन चलाएर फलाम नकाटोस्। छिमेकीले छेउको भित्तामा किल्ला नठोकुन्। क्यासेट नघन्काओस्। झिंगाहरू नभुन्भुनाउन्। कुकुरहरू नभुकुन्। म चाहन्छु मेरी सानी छोरी जब निदरीको काखमा पुग्छे, मस्त। निर्धक्क। निस्फिक्री निदाउन पाउनुपर्छ।

तर, आजकल, जब छोरी निदाउँछिन् तब म छातिमा हात राखेर। शिरानीमा शिर अडेसाएर। कोठाको छत तिर हेर्छु। फाल्न नभ्याएको माकुराको मसिनो जालो। जालोमा अल्झिरै सुकेको मसिनो भुसुनो किरो। एकोहोरो टोलाउँदा त्यही जालोसँगै मेरा मनमा अनगिन्ती समाचारहरूको जालोले ताना बुन्न आउँछन्। ती समाचार जो हरेक बिहान कहालिलाग्दा हेडलाइन भएर आउँछन्।

Premier
Premier

प्रत्येक दिन औसतमा तीन महिलाको बलात्कार। प्रत्येक दुई दिनमा १० वर्ष मुनिका एक बालिकाको बलात्कारको तीतो तथ्य। यति बेला एउटी सानी बचरीको बाउ हुनु। सन्तानको माउ हुनुको पीडाले मन कुँडिन्छ। सोच्छु, के भोलि पनि यो देशमा मेरी छोरीले मस्त निदाउन पाउँलिन्? के उनी हुर्कने आँगन। पढ्ने स्कुल। खेल्ने चौर। सुस्ताउने चौतारो। रमाउने बजार। यात्रा गर्ने बसहरूमा उनी आफूले मन पराएका रंगहरू भेटाउँलिन्? के हरेक दिन उनी हिड्ने बाटोहरूमा इन्द्रेणीले आफ्नो रंगहरू बिच्छ्याउँला ?

Ncell

Ncell

छोरी सुतिरहँदा। उनले कोल्टो फेर्दा। यस्तै प्रश्नहरूका गाडी चढेर आजकल मेरो निन्द्राले अन्तै डेरा सर्छ। उनी उठ्दा, खेल्दा र हाँस्दा। मेरो एकोहोरोपनले धेरै तीता खबरहरू गमिसकेको हुन्छ। हामीले के सिक्यौं? हामीले के सिकायौं? हामी कति जिम्मेवार भयौं? यस्ता प्रश्नहरूले घोच्छ, मनैभरी।

सायद यसैले होला, म हिड्दै गर्दा आजकल धेरै पटक टक्क रोक्किने गर्छु। फरक्क फर्कने गर्छु। कोही सानो नानी रोएको आवाजले। मलाई आफ्नै छोरी रोएकी पो हो कि भन्ने भान गराउँछ। मकै पोल्ने आमा छेउ बसेका नानीहरू। बाको धुजा धुजा परेको मैलो दौराको फेरो समाएर। बाले गुडाउने ठेलाकोपछिपछि खाली खुट्टा कुद्ने नानीहरू। गिट्टी कुट्दै गरेकी आमासँगै गोट्टा खेल्दै गरेकाहरू। जंगलको बाटो स्कुल हिड्दै गरेकाहरू। एक मुठी घाँस खोज्न। एक मुठी सासलाई पटुकामा बाँधेर भीरमा अडेसाएकाहरू। यी सारा नानीहरूमा म मेरी छोरीको अनुहार देख्छु। के यो देशमा। यिनीहरूले हरेक दिनको घाम उस्तै न्यानो भएको महसुस गर्न पाउँलान्? के हरेक रातको जूनलाई जहाँबाट पनि निडर भएर नियाल्दै हिड्न सक्लान्? म आजकल यस्तै प्रश्नमा अल्झिन्छु।

प्रश्नै प्रश्नले घेरिरहँदा। मैले यो लेखिँरहँदा। अहिले मेरी छोरी आडैमा मस्त निदाइरहेकी छिन्। अझै पनि उनले निदाउँदा हातमा रंगहरू समाउन छाडेकी छैनन्। यो देशमा। म चाहन्छु, मेरी छोरीले सधैं यसैगरि मस्त निदाउन पाउन्। यो शान्ति बिथोल्न कसैले पनि हल्ला नगरोस्। उनले समाएका रंगहरू खोस्न कसैले पनि छुरा नचलाओस्।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  १३:४४
सिफारिस
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
सुरू भयो काठमाडौं-७ को मतगणना
सुरू भयो काठमाडौं-७ को मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

कालीगण्डकीमा बग्नबाट बचेको दिन!
भोटको मौसम, भरोसाको खडेरी!
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना!
मेरो एक भोटको दम!
सायद म काठमाडौंको होइन!
डबल डिग्री!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP