Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
शनिबार, चैत ७, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

खोइ गोरा?

Royal Enfield
Royal Enfield
सुधन सुवेदी

सुधन सुवेदी

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

२००७ सालमा प्रजातन्त्र स्थापनासँगै देश बाह्य संसारका लागि खुल्यो। पर्यटक आउन थालेपछि देशले विकासका लागि नयाँ क्षेत्र भेट्यो– पर्यटन।

उतिबेलैदेखि हुनुपर्छ, पर्यटक भनेकै गोरा हुन् भन्ने मान्यता छापियो। हाल यो मान्यतामा कमी आए पनि गोराका पछि लाग्ने क्रम रोकिएको छैन।

कालाले पनि पर्यटनमा योगदान गरे, स्वदेशीले झन् पर्यटनको ‘पारो’ माथि उकासे र पनि गोरा भनेपछि बेग्लै बुझाइ हुने अझै पनि।

यही भोगाइ र बुझाइबाट अछुतो नभएको एक व्यक्ति गोराको जननी मुलुककै बाटोमा गोरा नदेख्दा छक्क पर्यो।

देशको पर्यटन नै उनीहरूले धानेको किस्सा सुनाएर नथाक्ने हामीलाई बेलायतको सडकमा अंग्रेजभन्दा बढी अफ्रिकी, चिनियाँ र भारतीय मूलका देख्दा आश्चर्यसँगै एउटा प्रश्न तेर्सिन्छ– स्थानीय गोरा गए कहाँ?

यो प्रश्नलाई एकछिन थाँती राखौं।

नेपाली मन, त्यो मन अटाउने छाती, छातीभन्दा माथि घाँटीले ठड्याउने टाउको सहितको हाल बेलायतमा भएको तनका बीचमा केही मिलेको छैन।

ठूलै त होइन तर लामो समयदेखि देशमा भएका घटना, आम बुझाइ, विभिन्न भूगोलमा रहेका नागरिकप्रति गरिएको असमान व्यवहार नै यसको कारण हो।

केही वर्ष अघि यहीँबाट ब्लग लेखेको थिएँ-काठमाडौं बाहिरका मान्छेले बनाएका हुन् भनेर। यहाँका धरोहर र संस्कृति काठमाडौंका स्थायी बासिन्दा नेवारहरूले बनाएका हुन्। व्यवसायिक काठमाडौं बाहिरबाट आएकाले बनाएका हुन् भन्ने कुरा स्पष्ट पार्न खोजेको थिएँ।

Ncell
Ncell

गाली धेरै पाइयो आफ्नै साथीहरूबाट पनि। अहिले फेरि दसैं आउन लाग्दा यही कुरो ताजा भएको छ, केही दिनमा माथि उल्लेख गरेको जस्तो पोष्ट पढ्न पाइनेछ।

लेखमा के थियो भने दसैं, तिहारमा बाहिरबाट आएकाहरू घर जाँदा काठमाडौं शान्त हुने, प्रदूषण कम हुने कुरालाई सही भनियो। सँगै जोडिने अर्को आशय– उनीहरू नफर्किए कस्तो काइदा, सधैंलाई हाइसन्चो भन्ने भावमा अलि मन अमिलियो।

म काठमाडौंमा जन्मेको नेवारी गीत र चाड बुझ्दै, मनाउँदै हुर्किएको हिसाबले साँस्कृतिक रूपमा आफूलाई नेवार मान्दछु। यद्यपी बाहिरका नआए हुन्थ्यो भन्ने कुरामा निषेधको गन्ध भएकाले यो कुरालाई सहज रूपमा लिन नसकेर त्यो लेख लेखेको थिएँ।

बीचमा बागमतीमा पानी धेरै बग्यो, अलि सफा पनि भयो र पनि यो कुरा कम भएन, झन् बढ्यो। निषेधमा विश्वास नराख्ने मजस्ता धेरैलाई यही लाग्ला कि कुनै जात विशेषका नाममा ठाउँ चिनिनु राम्रो हो, तर त्यो ठाउँ तब मात्र सुन्दर होला जब सबैको साझा फूलबारी हुनसक्छ।

यहाँ अर्को प्रसंग जोड्छु।

देशलाई चिनाउन, पर्यटकलाई आकर्षित गर्न सगरमाथा र लुम्बिनीको रटान लगाउने हामीलाई जर्मनीले बर्लिन वाल वा इतिहास नभनेर विविधताको प्रचार गरिरहेको छ, जसले कुनै पनि वर्ण, लिंग, भूगोलकालाई बराबरी ओत पनि दिएको छ भन्ने थाहा पाउँदा उतिकै अनौठो लाग्ला।

पहिचानका कुरा उठे पनि जन्मकै आधारमा हुनुपर्ने पटक्कै लाग्दैन। कर्मका आधारमा पहिचान बन्छ र बन्नु पनि पर्छ।

यही पहिचानका कुरा उठाइराख्दा याद गर्नुपर्ने कुरो के पनि हो भने हाम्रो भावी पुस्ता कति पलायन भए, हुँदै छन्। इतिहासका पात्रलाई देवत्वकरण वा दानवीकरण गर्नुभन्दा इतिहासलाई पढेर अघि बढ्दा बेठिक होला त?

अब सुरूको प्रसंग।

आज बेलायत, जर्मनी वा अन्य कुनै पनि मुलुकले यही विविधता र भाइचारालाई बढाएका छन्। जुन नयाँपनले ठाउँलाई अलिकति मात्र पनि फाइदा गर्छ हरसम्भव पछ्याएका छन्।

यसको मतलब उनीहरूको मोडल सोह्रै आना ठीक भन्न खोजेको होइन। एकले अर्कालाई सम्मान दिने कुरो महत्वपूर्ण हो।

फेरि गोरा कता गए भन्ने कुरो बुझ्दा ती काला वा अन्य मूलका सबै बेलायती भइसकेका रहेछन्। उनीहरूमध्ये कोही तीन वा चार पुस्तादेखि बेलायतमा बसिरहेका रहेछन्। आखिर कुरोको चुरो त्यही नै आएर थामियो, हामीलाई आँप खानसम्म मतलब हो गन्नसँग होइन। गोरा काला भएछन्, अनि काला गोरा।

प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  १२:३८
सिफारिस
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा!
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना!
प्रियसँग जामाचो यात्रा!
विश्वप्रकाश पोखरेल।
डिजिटल नेपाल र साइबर सुरक्षा: बढ्दो प्रविधिसँगै बढ्दै गएको जोखिम
ए टौदह!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP