Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
मंगलबार, चैत ३, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

मान्यतालाई सलाम

Nmb
Nmb
राजेन्द्र आचार्य

राजेन्द्र आचार्य

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

केही दिनअघि चितवन मेडिकल कलेज र त्यहाँको विद्यार्थी आन्दोलन चर्चाको विषय बन्यो।

चितवन मेडिकल कलेजमा विद्यार्थीले १९ दिन लामो आन्दोलन गर्दा नै सरकारले एक महिनाभित्र अवैधानिक शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई अल्टिमेटम दिएको छ।

आन्दोलनको  केन्द्रविन्दुमा एक जना मेडिकल शिक्षा अध्ययनरत जुझारु विद्यार्थी मान्यता थापा छिन्। जो चितवन मेडिकल कलेजमात्र होइन समग्र मेडिकल शिक्षामा भइरहेको चरम विकृतिको विरूद्धमा छिन्।

अहिले मेडिकल शिक्षाका पीडित विद्यार्थीको प्रेरणाको स्रोत बनेकी छिन् मान्यता।

उनका पछिल्ला अभिव्यक्ति र अन्तर्वार्ता नियालिरहँदा वास्तवमै मेडिकल शिक्षामा चरम विकृतिमात्र होइन अध्ययनरत हजारौं विद्यार्थी कतिसम्म पीडामा छन् भन्ने स्पष्ट हुन्छ।

सम्भवत: सरकारको घुँडा टेकाउन सफल मेडिकल कलेज सञ्चालकहरूका विरूद्ध आवाज उठाउन सक्नु मान्यताजस्ता विद्यार्थी औंलामा गन्न सकिने होलान्।

यसरी अलग र विशिष्ट क्षमतासहित प्रस्तुत भएर आफूले अध्ययन गरिररहेको कलेज र यसका सञ्चालकविरूद्ध सार्वजनिकरूपमै हुंकार दिनसक्नु चानचुने कुरै होइन।

विद्यार्थी र अभिभावकको पक्षमा मात्र उनले वकालत गरिरहेकी छैनन् कजेल सञ्चालकहरूबाट हुने आर्थिक अपराधको समेत भण्डाफोर गरिरहेकी छिन्।

मेडिकल कलेजहरू घोषितरूपमै आर्थिक अपराधमा संलग्न हुँदासमेत सरकार मुकदर्शक बनेर बसिरहेको छ। तर त्यसविरूद्धमा मान्यताजस्ता मेडिकलका विद्यार्थीहरू उठ्न परिरहेको छ। जसको काम यो हुँदै होइन। 

Ncell
Ncell

मानिसले परिस्थितिबाट नै देख्ने, बुझ्ने र भोग्ने हो।

अहिले मान्यताले पनि यही भोगाइबाट एक आन्दोलित र अन्यायका विरूद्ध लड्ने विद्यार्थीको परिचय पाइरहेकी छिन्। यसअघि गलतलाई गलतसमेत भन्न नसकिने अवस्थामा रहेको मेडिकल शिक्षामा मान्यताजस्ता विद्यार्थीलाई यस क्षेत्रको गलत रवैयाविरूद्ध बोल्न पक्कै सहज छैन।

सहजमात्र होइन यसअघि त सम्भव नै थिएन। यसको सुरूआत पोखराको गण्डकी मेडिकल कलेजबाट भयो।

जसलाई अहिले मान्यताजस्ता भरोसायोग्य विद्यार्थीहरूले काँध थापिरहेका छन्। आफैंले भोगेको पीडा, आफ्ना अभिभावकले सहनु परेको मानसिक र आर्थिक यातनाले मान्यतामा यो नेतृत्वको क्षमता आएको हो।

परिस्थितिले मान्यतालाई अर्कै भूमिकामा बदलिदिएको छ। उनले आफूलगायत समग्र मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीलाई परेको अन्यायबाट मुक्त हुन भूमिका परिवर्तन गर्नुपरेको छ।

मेडिकल शिक्षा जुन आफैंमा अति कठिन विषय हो। यसका बाबजुद पनि समयले मान्यतालाई एक जिम्मेवार पात्र बनाइदिएको छ। जसले आगामी दिनमा आफ्नो मात्र होइन समग्र विद्यार्थीका पक्षमा र मेडिकल शिक्षाको विकृतिको विपक्षमा आवाज बुलन्द गर्नुछ।  

मेडिकल शिक्षामा चरम विकृति छ भन्ने कुरा अब जगजायर भइसक्यो। जसकाविरूद्ध डाक्टर गोविन्द केसीले लामो समयदेखि संघर्ष गरिरहेका छन्।

अब उनलाई साथ दिन मान्यताजस्ता होनाहार युवा अघि बढिसकेका छन्।

यतिधेरै खबरदारी गर्दा त विकृतिको यो हद छ भने कसैले वास्ता नगरेको भए मेडिकल शिक्षाको अवस्था कस्तो हुन्थ्यो? हामी अनुमानसमेत गर्न सक्दैनौं।

आमसर्वसाधारणलाई लाग्ने एउटै कुरा के हो भने सरकार मेडिकल शिक्षामा भइरहेका विकृतिविरूद्ध होइन मेडिकल कलेज सञ्चालकको पक्षमा उभिन्छ।

आम सर्वसाधारणलाई लाग्ने यो आभास यथार्थ र वास्तविकताको नजिक छ। जुन कुरा सरकारको व्यवहारले नै देखाइरहेको छ।  

मान्यतालगायत मेडिकल अध्ययनरत विद्यार्थीहरूको प्रमुख माग भनेकै सरकारले तोकेकोभन्दा बढी लिएको अतिरिक्त रकम फिर्ता गर्नु भन्ने हो। सतहमा देखिएको यो मागसँगै विद्यार्थीहरूका अनेकन आन्तरिक मागसमेत छन्। जसलाई प्रत्येक कलेज प्रशासनले सम्बोधन गर्नुपर्ने हुन्छ।

मेडिकल अध्ययनरत विद्यार्थीहरू अतिरिक्त व्ययभारबाहेक पनि कलेजभित्र चरम शोषणमा पर्ने गरेका छन्।

इन्टर्नका बेला काममा अत्यधिक पेलाउनु तर त्यसबापतको पाउनुपर्ने सुविधाबाट बञ्चित गराइनु मुख्य समस्या हो।

तमाम विकृतिविरूद्ध लड्न अब मान्यतालाई झन् बढी दबाब छ। किनकी उनी अब एक जना मेडिकल विद्यार्थीमात्र होइन सबैको आड भरोसा बोकेको एक होनाहार नेतृत्वपंक्ति पनि हुन्। जसबाट उनकै सहकर्मी जो देशभरका विभिन्न मेडिकल कलेजमा अध्ययनरत छन् उनीहरूले धेरै अपेक्षा गरेका छन्।

तमाम चुनौतीका बाबजुद मान्यताले स्थापित गर्न खोजेको नजिरले धेरैले पाठ सिक्ने मौका पाएका छन्।

अन्याय, अत्याचार र चरम आर्थिक शोषणविरूद्ध अब एक हुनुको विकल्प छैन भन्ने मान्यतालाई नामअनुसार नै उनले प्रमाणित गरिदिएकी छिन्। जसलाई निरन्तरता दिनु अबको दिनमा उनको मुख्य चुनौती हो। मेडिकल शिक्षाका विकृतिविरूद्ध अब मान्यताबाट समाजले धेरै अपेक्षा गरेको छ।

कलिलै उमेरमा यतिका दबाबका बीच जुन आँट मान्यतामा आएको छ त्यसलाई सलाम गर्नैपर्छ।

उनकै भाषामा माफियाविरूद्धको यो आन्दोलनले पक्कै सार्थकता पाउने छ।

मान्यतालाई शुभकामना!

 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  १३:१९
सिफारिस
चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
ओझन बुढाको डेरा कहाँ थियो?
ओझन बुढाको डेरा कहाँ थियो?
जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध
जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

प्रियसँग जामाचो यात्रा!
विश्वप्रकाश पोखरेल।
डिजिटल नेपाल र साइबर सुरक्षा: बढ्दो प्रविधिसँगै बढ्दै गएको जोखिम
ए टौदह!
एक्लोपन: साइबर अपराधीको ब्रह्मास्त्र!
यसरी बच्यौँ ९३ जनाको ज्यान गएको त्यो दशरथ रंगशाला दुर्घटनाबाट!
कंगारू किक हान्ने चुन्टे!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP